जमुनाहा नाका भएर युवतीहरुलाई भारत पुर्याउने तीन जना पक्राउ

सदरलाइन संवाददाता १४ चैत्र २०७९, मंगलवार १३:११
 

नेपालगञ्ज : नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मगराती छन् ।

उनीहरुले काठमाडौं माछापोखरी, बसपार्कलगायतका स्थानहरुमा मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरुलाई सम्पर्क गरी प्रलोभनमा पारेर नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गराएर भारतको दिल्ली पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।


उनीहरूले होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनि प्रलोभनमा पारी दिल्ली पुर्याई बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने गोप्य सूचनाको आधारमा ब्युरोले भारतबाट ९ जना पीडितको उद्धार गरेको थियो ।

गत असोजदेखि फागुनसम्ममा ती ९ जना पीडित युवतीहरुलाई दिल्ली पुर्याएका थिए ।

उनीहरूविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नमुना बिद्या सदनका विद्यार्थीद्वारा विदाई कार्यक्रम

१४ चैत्र २०७९, मंगलवार १३:११
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर ८ मा रहेको नमुना बिद्या सदन इङलिस बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुले आफु भन्दा सिनियर ब्याजका कक्षा १२ का अग्रजहरुलाई बिदाई गरेका छन् । आगामि शैक्षिक यात्रामा सफलताको कामनासंगै उज्जवल भबिष्यको कामना गर्दै मायाको चिनो सहित दोसल्ला ओढाई बिदाई गरेका हुन् । आगामी […]