डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेले घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले प्रचारप्रसारलाई व्यापकता दिएको हो ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्र पारेको एमालेका उम्मेदवारहरु मतदाताको घरघर पुग्दा फरक दृष्य देखिएको छ । एमालेका तर्फबाट डुडुवाका अध्यक्ष पदका उम्मेदवार सरोजकुमारी यादव, उपाध्यक्ष पदका उम्मेदवार शकिल खानसहित वडाका उम्मेदवारलाई स्वागत गर्न मतदाताहरु नै तँछाडमछाड गरिरहेका छन् ।
अबको निर्वाचनमा एमालेका युवा उमेदवाहरुलाई सहयोग गर्ने प्रतिबद्वता समेत मतदाताहरुले व्यक्त गरेका छन् । मतदाताको सद्भाव र विश्वास देखेपछि उम्मेदवारहरु स्वयं हर्षित हुँदै डुडुवावासीले गरेको विश्वासलाई कहिल्यै पनि कुठाराघात नगर्ने प्रण गरेका छन् ।