नरैनापुरका पशुपालक किसानलाई पचास प्रतिशत अनुदानमा वर्षिम घाँसको विउ बितरण

सदरलाइन संवाददाता ३ कार्तिक २०८०, शुक्रबार १८:१३
 

नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउपालिकाको कृषि शाखाले पशुपालक किसानलाई लक्षित गरी चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा वर्षिम घाँसको विउ बितरण गरेको छ ।

पालिकाले पशुपालक किसानलाई लक्षित गरी अनुदानमा घाँसको बिउ बितरण गरेर आफुहरुलाई व्यवसायिक बनाउन सहयोग गरेको सेवाग्रही नरैनापुर–६ कोदरबेटवाका किसान त्रिभुवन यादवले बताए ।


नरैनापुर गाउपालिकाको पशु सेवा शाखाले पालिकामा रहेका ४ सय किसानलाई पचार प्रतिशत अनुदानमा वर्षिम जातको घाँसको बिउ बितरण गर्ने लक्षि लिएको शाखा प्रमुख जगतराम यादवले जानकारी दिए ।

उहाँले किसानको माग अनुसारको एककिलोदेखि ५ किलोसम्म मागको आधारमा र त्यो भन्दा माथीको आवश्यक हुने किसानले वडाको सिफरिस र कृषि र्फम दर्ताको कागजातसहितको निबेदनको आधारमा बितरण गरिएको बताए ।

नरैनापुर गाउपालिकाले पशुपालनको क्षेत्रमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फूलपातिका अवसरमा मुख्यमन्त्री चौधरीको शुभकामना

३ कार्तिक २०८०, शुक्रबार १८:१३
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिन्दुहरुको महानपर्व बडा दसैंँको अवसरमा प्रदेशवासी तथा नेपालीजनमा बडा दशै शुभदिपावली लगायतका पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन् । वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजाआजा गर्न पुगेका मुख्यमन्त्री चौधरीले पर्वलाई भब्य र सभ्य भएर मनाउन आग्रह गरे । […]

सम्बन्धित