बाल अधिकार रक्षाको लागि कोशी प्रदेश सरकार कटिबद्ध छ : मुख्यमन्त्री कार्की

सदरलाइन संवाददाता २९ भाद्र २०८१, शनिबार १७:००
 

विराटनगर  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल अधिकार रक्षाको लागि बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् ।

बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बालबालिकाको अधिकार रक्षा गर्दै बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने चर्चा गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित भएको उल्लेख गरेका छन् ।


नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने–‘प्रत्येक वर्ष कोशी प्रदेश सरकारले विभिन्न योजना र कार्यक्रम गर्दै आएको छ । यो कार्य आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वास दिलाउन चाहान्छु ।’

मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत अहिले बञ्चित हुनु परेको अवस्था रहेको चर्चा गर्दै यस्तो बालबालिकाहरुकोे पढ्न पाउने वातावरण बनाउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।

‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज बालदिवस २०८१ मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संस्कृति, सभ्यतालाई जोगाइ राख्न सहकार्य गर्ने मुख्यमन्त्री आचार्यको उद्घोष

२९ भाद्र २०८१, शनिबार १७:००
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा–प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको जानकारी दिएका छन् । शनिबार बुटवलमा भएको प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्य प्रदेश सरकारले प्रज्ञा–प्रतिष्ठान गठनको लागि विधेक तयार पारेर प्रदेश सभामा लगेर कानुनी आधार तयार पारिने बताए । ‘लुम्बिनी प्रदेशको […]