थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै चाडपर्व

सदरलाइन संवाददाता ९ माघ २०७९, सोमबार १५:०६
 

कञ्चनपुर : थारू समुदायका चाडपर्वमा आयोजना हुने कार्यक्रमले कञ्चनपुरमा संस्कृति संरक्षणमा योगदान पुर्याएको छ । माघी, दशैं लगायतका चाडपर्वमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रमले युवा पिढीलाई पुराना संस्कृति सिक्ने अवसर प्राप्त हुने गरेको छ ।

माघी मिलन लगायका कार्यक्रमले थारु समुदायका परम्परागत परिकार, पहिरन, गहना, नृत्य र गीतहरूको संरक्षणमा योगदान पुयाएको कृष्णपुर नगरपालिकका थारू अगुवा वीरबहादुर राजवंशी बताउँछन् ।

‘विगतमा समुदाय र गाउँस्तरमै माघीका परम्परागत कार्यक्रम हुन्थे’ उनले भने,‘गाउँ सम्म मात्रै सीमित हुन्थ्यो, ‘थोरैले मात्रै संस्कृति बारे जानकारी पाउथे, संस्कृतिबारे जानकारी नहुँदा युवा पिढीले पुराना संस्कृतिसँग सम्बन्धित कुराहरू बिर्संदै गएका थिए, हाल वडा वडामा पालिकाले बजेट व्यवस्थापन गरी परम्परगत संस्कृति जोगाउनका लागि सहयोग गरेका छन् ।’


यसबाट संस्कृति संरक्षणमा सहयोग पुगेको उनको भनाइ रहेको छ । बुढापाकाहरूले माघी मिलन कार्यक्रममा पुराना गीतहरू गाएर सुनाउने, गाउँका महिलाहरूले परम्परागत गहना र भेषभूषामा सजिएर नृत्य गर्ने कार्यले थारू समुदायको संस्कृति जोगाउनमा मद्दत पुगेको राजवंशी बताउँछन् ।

‘पुराना बाद्यवादनका साधनहरू हराई सकेका थिए’ शुक्लाफाँटा नगरपालिका ३ का विश्राम चौधरीले भने, ‘माघीकै अवसरमा देखाउनका लागि भएपनि बुढापाकाहरूलाई सोधेर पुराना बाद्यवादनका साधनहरूको खोजी गरी युवा पिढीलाई देखाउनका लागि भएपनि ल्याएका छौं, यसबाट पूर्खाले कुन वाद्य सामग्री बजाउथे भन्ने कुराको अहिलेको पुस्तालाई ज्ञान दिन सकिएको छ ।’

स्थानीयस्तरमै बनाईने डफ, चिम्टा, मजिरा, झयाली लगायतका वाद्य वाद्यनका साधनहरूबारे जानकारी दिने कार्य संगै बजाएर देखाउने लगायतका कार्य गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट माउन्टेन फ्लाइट गर्न बुद्ध एयरसँग सम्झौता

९ माघ २०७९, सोमबार १५:०६
नेपालगञ्ज : नेपालगञ्जबाट कैलाश मानसरोवर तिर्थ यात्राका लागि माउन्टेन फ्लाइट हुने भएको छ । वेस्टर्न ट्राभल मार्ट नेपालगञ्जको अग्रसरतामा माउन्टेन फ्लाइट हुने भएको हो । यही माघ १६ गते अर्थात ३० जनवरीका दिन नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइटको पहिलो उडान भर्ने निश्चित भएको छ । यसका लागि वेस्टर्न ट्राभल मार्ट नेपाल […]