लोकतन्त्रको रक्षा र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई भोट दिन आग्रह

८ मंसिर २०७४, शुक्रबार १८:५५
 

सदरलाइनडटकम   
८ मंसिर , नेपालगन्ज : चुनावी अभियान सशक्त रुपले अगाडि बढाएको लोकतान्त्रिक गठबन्धनले शुक्रबार बिहान बाँकेका विभिन्न ठाउँमा घरदैलो गरेको प्रचार सचिवालयले जानकारी गराएको छ । चुनाव नजिक आइसकेकाले मतदाता भेटघाटलाई उम्मेदवारले तिब्र पार्दै लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ अन्र्तगत कोहलपुर नगरपािलकाको वडा नम्बर ६ रझेनामा घरदैलो गरेको छ ।
सो क्रममा प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधबराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायणप्रसाद गौडेल, नेपाली काँगे्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागि भएका थिए । यस्तै प्रदेश सभा– १ क का उम्मेदवार सरदचन्द्र बर्माले बिहान नरैनापुरका विभिन्न गाउँमा घरदैलो गरेका छन् । घरदैलोमा स्थानीय स्तरका काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागी भएका थिए ।
बाँके क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनले कम्दी, पुरैनी र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा बिहान घरदैलो गरेको छ । कम्दी र पुरैनीमा गरिएको घरदैलोमा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ क का उम्मेदवार निरन्जनसिंह सिजापती, राप्रपा र नेपाली काँग्रेसका नेता, कार्यकर्ता सहभागी भएका थिए ।
यता नेपालगन्ज–११ मा भएको घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार आजाद, प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमाल सहभागी भएका थिए । घरदैलोका क्रममा मतदाताहरुले लोकतान्त्रिक शक्तिलाई रुचाएको बताएका छन् । सो क्रममा उपस्थित उम्मेदवारले लोकतन्त्रको रक्षा र समृद्धिका लागि भोट दिन आग्रह गरेका थिए ।
उता क्षेत्र नम्बर ३ मा पनि लोकतान्त्रिक गठबन्धनले बिहान विभिन्न ठाउँमा घरदैलो गरेको छ । प्रतिनिधी सभा–३ का उम्मेदवार बादसा कुर्मी, प्रदेश सभा–३ क का चन्तराम थारु र प्रदेश सभा–३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह विभिन्न ठाउँमा घरदैलोमा व्यस्त भएको निर्वाचन परिचालन समितिले जनाएको छ । (फोटो प्रचार सचिवालय)

Next Post

वामगठबन्धनका उम्मेदवारलाई चिडीमार समुदायको स्वागत

८ मंसिर २०७४, शुक्रबार १८:५५
सदरलाइनडटकम   ८ मंसिर, नेपालगन्ज : नेपालगन्ज–१२ मा रैथाने रुपमा रहेका अति लोपोन्मुख चिडीमार समुदायले आफुहरुको उत्थान र संरक्षणको लागि वामगठबन्धनले मात्र गर्न सक्ने भन्दै बाम गठबन्धनका उम्मेदवारलाई स्वागत गरेका छन् । निर्वाचनपछि बन्ने स्थायी सरकारले सबै समस्या समाधान गर्ने भन्दै घरदैलोका क्रममा टोलमा पुगेका वामगठबन्धनका उम्मेदवारलाई चिडीमारहरुले स्वागत गरेका हुन् […]

सम्बन्धित