अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगञ्जमा

सदरलाइन संवाददाता १२ बैशाख २०७९, सोमबार १७:४८
 

नेपालगञ्ज : अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगञ्जमा पहिलो पटक शैक्षिक परामर्शमा सहभागी भएका छन् । उक्त शैक्षिक परामर्शको व्यवस्थापन सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगञ्जले गरेको हो ।

नेपालगञ्जमा गरिएको शैक्षिक परामर्शमा हस्पिटालिटी, इन्जिनियरिङ, विजनेश अकाउन्टिङ, हेल्थ नर्सिङ र आइटीलगायतको अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रलिया जान सकिने जानकारी प्रदान गरिएको थियो ।

तिनै कलेजका प्रतिनिधिहरु नेपालगञ्जमा आएर शैक्षिक परामर्शमा सहभागी भएका हुन् । ब्लु लोटस कलेजका कन्ट्री म्यानेजर टिकाध्वज भण्डारी (कमल), भिवे कलेजका मार्केटिङ म्यानेजर कैलाश पोख्रेल, अष्ट्रेलिया नेशनल इन्स्टिच्यूट अफ एजुकेशनलका डाइरेक्टर राधव सरिनलगायतको सहभागिता रहेको थियो ।


आयस्लस पास गरेर अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई अफरलेटर समेत हस्तान्तरण गरिएको सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालका म्यानेजिङ डाइरेक्टर प्रज्ज्वल बस्नेतले जानकारी दिए ।

सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगञ्जका प्रमुख अजय न्यौपानेले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुले आफुहरुसँग सम्पर्क गर्न पनि अनुरोध गरे । उक्त परामर्शमा जिभिएन कलेज, मोर्डन कलेज, होलिल्याण्ड कलेज, आर्दश कलेज, एमपी कलेजको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सातौं भूकम्प स्मृति दिवस मनाइयो

१२ बैशाख २०७९, सोमबार १७:४८
काठमाडौं : गोरखा भूकम्पको सातौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी […]