बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन । संविधानको धारा १६९ को १ को क अनुसार मुख्यमन्त्री पदबाट पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले आजै स्वीकृत गरेका छन । पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री विरूद्दको अविश्वास प्रस्तावमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुदैथियो ।मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची थियाे ।
पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। अहिले एमाले लुम्विनिको बैठक बसिरहेको छ ।