एक बालिकाको १० वर्षपछि भारतबाट उद्धार

सदरलाइन संवाददाता १५ फाल्गुन २०७८, आईतवार १७:३२
 

नेपालगञ्ज : एक किशोरीको १० वर्षपछि भारतबाट उद्धार गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी एक किशोरीलाई करिब १० बर्षपछि उद्धार गरी आइतवार पारिवारको जिम्मा लगाइएको हो ।

नेपालगञ्ज घरवारीटोल निवासी बावुलाल चमार र राधा चमारकी १६ वर्षीया छोरी मिरा चमारलाई उद्धार गरी पारिवारिक मिलन गराइएको हो ।

६ बर्षको उमेरमा बालिका आप्mनै घरबाट घराएकी थिइन् । बालिकालाई आफ्नै मामाले आमाबुवा नभएको बेला घरबाट उठाएर लगेका थिए । ती बालिकालाई भारतको अल्मोडा बालगृहबाट ल्याइएको हो ।


आमासँंग गरिएको डिएनए टेष्ट मिलेपछि मात्रै अल्मोडा बालगृहले बालिकालाई ल्याउन दिएको नेपालगञ्ज २ का अध्यक्ष सुनिलसिंह हमालले बताए । १० वर्षपछि छोरी पाउँदा आमा राधा चमार खुसीले हर्षित हुनुभएको छ ।

बालिकालाई लिन वडाअध्यक्ष हमालको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिकाका महिला बिकास अधिकृत पबित्रा पुरी, शक्ति समुहका निर्माला पौडेल, आमा राधा चमार, बालअधिकारकर्मी मोहम्मद सल्मान सल्मानी भारतको अल्मोडा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा अध्यक्ष बर्माद्वारा श्रीनगर टोलमा सडक कालोपत्रे गर्नका लागि शिलन्यास

१५ फाल्गुन २०७८, आईतवार १७:३२
नेपालगञ्ज : नेपालगञ्ज वडानं १८ वडा कार्यलयको बजेटबाट भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोलमा सडक कालोपत्रे गर्नका लागि शिलन्यास गरिएको छ । वडा अध्यक्ष दीपक बर्माद्वारा वडाको बजेट ३१ लाख ५ हजारको लागतमा २ सय १३ मीटर कालोपत्रे सडक निर्माणका लागि टोलबासीको बृहत उपस्थितिमा आईतबार एक कार्यक्रम गरि शिलान्यास गरेका हुन […]