होम आइसोलेशनमा बसेका बाँकेका दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ६ माघ २०७७, मंगलवार १३:३४
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० बर्षीय पुरुषको सोमवार राती होम आइसोलेशनमै मृत्यु भएको हो ।

पुष २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । विरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेशनमा बसेका उनको गएराति साढे ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनी मधुमेह, थाइराइड, प्रेसर र मानसिक रोग पीडित थिए ।


यस्तै होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । होम आइसोलेशनमा बसेका उनलाई एक्कासी बेहोस भएपछि आज विहान ६ बजे भेरी अस्पताल लगिएलगत्तै ६ बजेर १० मिनेटमै मृत्यु भएको वलीले बताउनुभयो । उनलाई पुष २८ गते कोरोना पुष्टि भएको हो ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

Next Post

न्युरोडस्थित जस्मिन ज्वैलर्समा चोरी

६ माघ २०७७, मंगलवार १३:३४
नेपालगञ्ज : नेपालगञ्जको एक सुन पसलमा चोरी भएको छ । नेपालगञ्जको न्युरोडस्थित जस्मिन ज्वैलर्समा सोमवार राती चोरी भएको हो । बागेश्वरी मन्दिर प्रवेश गर्ने पूर्वीद्वार अगाडि रहेको जस्मिन ज्वैलर्स रहेको घरको पछाडिपट्टि झ्यालबाट चढेका चोरले सिढीको माथि रहेको टिनलाई काटेर भित्र पसी सटर फोडेको छ । सुन पसलमा चोरी गरेपछि […]