आदर्श मावि नेपालगञ्जमा ट्यालेन्ट हन्ट

२५ माघ २०७५, शुक्रबार २२:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको आदर्श माविले विद्यार्थीका लागि ट्यालेन्ट हण्ट कार्यक्रम गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक सञ्जय थापाले उदघाटन गरेका हुन ।
नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले विभिन्न विधामा आ–आफनो ट्यालेन्ट प्रस्तुत गरेका थिए । शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा वक्तृत्व कला, नृत्य, गायन, नाटक, हास्य व्यङ्य लगायतमा कला÷प्रतिभा देखाइएको थियो ।
फागुन ११ गते हुने विद्यालयको वार्षिक कार्यक्रमको पुर्व तयारी स्वरुप आयोजित हण्ट कार्यक्रममा छनौट विद्यार्थीलाई सोही दिन पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।
वक्तृत्व कलामा पूर्णबहादुर शाही र अन्य विधामा सुन्दर गुरुङ निर्णायक रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक भेषभुषमा प्रस्तुती प्रस्तुत गरिएको थियो ।
हरेक वर्ष गरिने अतिरिक्त यस्ता कार्यक्रमले विद्यार्थीको मनोवलका साथै प्रतिभा प्रस्फुटन हुने अवसर मिल्ने सहायक प्रधानाध्यापक टंक गौतमले विश्वास व्यक्त गरे ।

Next Post

कोहलपुर महोत्सव दुईदिन थप सञ्चालन हुँने

२५ माघ २०७५, शुक्रबार २२:३५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुरमा सञ्चालनमा रहेको कोहलपुर औद्योगिक, ब्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव–२०७५ दुई दिन थप गरी सोमबार २८ गतेसम्म सञ्चालन हुने भएको छ । गत माघ १४ गतेदेखि सञ्चालनमा रहेको मेलाको पूर्व निर्धारित समय अनुसार शुक्रबार समापन हुने कार्यक्रम तय भएको भएपनि दर्शकको मागलाई ध्यानमा राखेर दुई […]