आधारभूत स्वास्थ्य सेवा केन्द्र खजुरामा स्थापना

१३ असार २०७६, शुक्रबार १९:१९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ पुरैनीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शुक्रवार एक समारोहका वीच उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरे ।
जनतालाई आधारभूत सेवा संचालन गर्नका लागि स्थापना भएको स्वास्थ्य सेवा केन्द्रमा हाल अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहेका छन् । खजुरा गाउँपालिका प्रमुख कक्षपतिले वडा नं. ६ र ४ मा ६३ लाखको टेण्डर भइसकेकाले १ वर्षभित्र भवन निर्माण भएर दुबै वडाबाट स्तरीय सेवा संचालन गरिने बताए । उनले करीब १ हजार २ सय घरधुरी रहेको वडा नं. ६ का जनताले अब नजिकै पुगेर सेवा लिन पाउने गरी संचालनमा ल्याएको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट लाभ लिन स्थानीयलाई आग्रह गरे ।
वडा नं. ६ का अध्यक्ष साविर जोलाहाको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसीलगायतको सहभागिता रहेको थियो । शाहिद अली तेली अहेव, सलातुन खाँ अनमी रहने गरी स्थापना भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा वडा सदस्य हजुरा बमले उक्त केन्द्र स्थापनाले जनतालाई राहत मिल्ने बताइन् ।

Next Post

वडा सदस्य ज्ञानुले आफ्नै खर्चमा बनाए बाटो र खेलमैदान

१३ असार २०७६, शुक्रबार १९:१९
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : जनप्रतिनिधि सुविधाभोगी भए भन्ने जनगुनासो आई रहेको बेलामा बाँकेको राप्तीसोनारी–२ का एक जनप्रतिनिधि तथा युवा समाजसेवीले आफ्नै खर्चमा एक किलोमिटर बढी बाटो ग्रावेल गरेर उदाहरणीय कार्य गरेका छन् । राप्तीसोनारी–२ का वडा सदस्य समेत रहेका स्थानीय युवा समाजसेवी ज्ञानेन्द्रराज वली ज्ञानुले टिकुलीपुर शहिद स्मारकदेखि गाउसम्म जाने […]

सम्बन्धित