चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

सदरलाइन संवाददाता १३ चैत्र २०७८, आईतवार १९:०६
 

काठमाडौं : चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि शनिबार भएको छ ।

१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो । २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरुले गरेका थिए । तर चीनको राज्य सरकारले शनिबारमात्र सबैको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।


कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान गत सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्कसियान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको सूचना पाएलगत्तै उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई उद्धार तथा खोजी कार्यमा खटाइएको थियो ।

बुधबार उक्त विमानको ब्ल्याक बक्स फेला परेको थियो । ब्ल्याक बक्समा विमानका सबै डाटा र पाइलटले गरेका कुराकानीको रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फर्किए चिनियाँ विदेश मन्त्री

१३ चैत्र २०७८, आईतवार १९:०६
काठमाडौं : तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार दिउँसो साढेतिर २ बजे उनी चीन प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्। यी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए। त्यसअघि उनी काबुलसमेत पुगेका थिए। यीले […]