लुम्बिनीको राजधानी दाङमा सहकारी दर्ता कार्यालय स्थापना

सदरलाइन संवाददाता २० चैत्र २०७८, आईतवार १४:५१
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

६५औं सहकारी दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उदघाटन प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका हुन् ।

प्रदेशस्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको लुम्बिनी प्रदेश सरकारको भनाइ छ । यसअघि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले नै सहकारी दर्ता लगायतको काम गर्दै आएको थियो । अब भने प्रदेशभरकै सहकारी सम्बन्धी सबै कामहरु सोही कार्यालयबाटै हुनेछ ।


कार्यालय उदघाटनमा बोल्दै मन्त्री खड्काले मुलुक संघीयतामा गएसंगै सहकारी पनि तीन तहको सरकारको मातहतमा पुगेको बताए । उनले लुम्बिनी प्रदेशभरका सहकारी संस्थाहरुलाई थप व्यवस्थित बनाउने बताए ।

सहकारीमा अनुगमन र नियमनको पाटोलाई बलियो बनाउँदै सहकारी संस्थाहरुलाई थप पारदर्शी बनाउने उनले विश्वास व्यक्त गरे । अनुगमन र नियमनको पाटोलाई प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएको मन्त्री खड्काले बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणकी राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले प्रदेश स्तरीय सहकारी दर्ता कार्यालय खुलेसंगै यसले प्रदेश भरिका जनतालाई सहकारी सञ्चालन गर्न सहज हुने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाकिस्तानी प्रधानमन्त्री इमरानद्वारा संसद विघटनको सिफारिस

२० चैत्र २०७८, आईतवार १४:५१
काठमाण्डौ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् । इमरनाविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए । अविश्वासको प्रस्तावलाई संसदले खारेज […]

सम्बन्धित