बाँकेमा एक लाखको अवैध काठ बरामद, एक पक्राउ

३ पुष २०७५, मंगलवार १४:२८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : सीमावर्ती भारतीय जंगलबाट चोरी कटानी गरी नेपाल भित्र्याइएको सालको अवैध काठसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बजार मूल्य करीब एक लाख पर्ने उक्त काठ बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाबाट ३३ क्युफिट सालको काठसहित सोही ठाउँका २४ बर्षीय जमुना यादवलाई प्रहरीले पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक देवबहादुर केसीको नृृेतृत्वमा सोमवाराती गएको गस्ती टोलीले ६ थान गोलिया र काठ बोक्ने ४ वटा साइकल बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।
यस्तै सूचनाको आधारमा पक्राउ परेका यादवको घरमा मंगलवार बिहान खान तलाशी गर्दा २ थान गोलिया र ५ थान चिरान गरेको अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बरामद गरिएको काठ र साइकलसहित यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको प्रहरीको भनाई छ ।


Next Post

मदरसा शिक्षालाई मुल प्रवाहमा ल्याउनु पर्ने माग

३ पुष २०७५, मंगलवार १४:२८
सदरलाइनडटकम, कपिलबस्तु : मुस्लिम समुदायका आगुवाहरुले मदरसा शिक्षालाई मुल प्रवाह शिक्षा प्रणालीमा ल्याउनका लागि माग गरेका छन् । मुस्लिम अगुवाहरुले नेपालमा अल्पसंख्यकको रुपमा रहेको मुस्लिम सामुदायको शिक्षालाई सरकारले हेर्ने दृष्टिकोण फरक रहेको बताएका । कपिलवस्तुको कृष्णनगर नगरपालिका भिल्मी गाउँमा आयोजित मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा उनीहरुले मदरसा शिक्षाको लेखापढी नेपालमा […]

सम्बन्धित