उद्यमी युवायुवतीको कामको समिक्षा

२ जेष्ठ २०७५, बुधबार १६:३२
 


सदरलाइनडटकम
२ ज्येष्ठ, नेपालगन्ज :  सेभ द् चिल्डे«नको सहयोगमा सामाजिक विकास मन्चले बाँकेमा सन्चालन गरेको ‘युवा सशक्तिकरण बुलगारी’ परियोजना अन्र्तगत तीन वर्षको अवधीमा १ सय ७७ युवायुवती उद्यमी बनेका छन् । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका युवायुवतीहरुलाई लक्षित गरी सन्चालन गरिएको सो कार्यक्रम अन्र्तगत सन् २०१६ बाट हालसम्म १ सय ७७ युवायुवतीहरु उद्यमी बन्न सफल भएका हुन् ।
ती मध्ये केही युवा युवतीले ३ सय ९० घण्टाको व्यवसायीक तालिम लिएका थिए भने केहीले लद्यु उद्यम विकास तालिम लिएका थिए । परियोजनाका जिविकोपार्जन अधिकृत भुपाल बोहराका अनुसार, सन् २०१६ मा २८ जना व्यवसायीक तालिम लिएका थिए भने सोही वर्ष ३० जना लद्यु उद्यम विकास तालिम लिएका थिए । यस्तै सन् २०१७ मा ३२ जना व्यवसायीक र ३० जना लद्यु उद्यम विकास तालिम लिएक थिए ।
सन् २०१८ मा ३० जनालाई लद्यु उद्यम विकास तालिम र २६ जनालाई व्यवसायिक तालिम प्रदान भइरहेको बोहराले बताए । उनका अनुसार बुधवार तालिम लिएकाहरुसंग समिक्षा गरिएको छ । व्यवसाय न्चालनका चुनौती, नाफा नोक्सानका बिषयमा छलफल भएको छ । तालिम लिएका युवायुवतीहरु अधिकांस स्वरोजगार बनेको संस्थाले जानकारी दिएको छ ।

Next Post

उपमहानगरपालिकाको आफ्नै पोर्टल र मोबाइल एप्लीकेशन

२ जेष्ठ २०७५, बुधबार १६:३२
सदरलाइनडटकम २ ज्येष्ठ, नेपालगन्ज : ¬ नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधीको उपयोगीता र व्यापकता बढाइएको हो । नेपालगञ्जमा यो प्रविधि निर्माण र सेवा प्रवाहले स्मार्ट सिटीको प्राररम्भिक शुरुवात भएको […]