धनगढीमा एक थुनुवाको मृत्यु

सदरलाइन संवाददाता २१ फाल्गुन २०७८, शनिबार १४:०२
 

नेपालगञ्ज : कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो ।

फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए ।


लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम थापामगरलाई जिल्ला अदालत कैलालीले ६ महिना अघि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमालेको डुडुवा गाउँपालिका ६ मा बृहद भेला सम्पन्न

२१ फाल्गुन २०७८, शनिबार १४:०२
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा नेकपा एमालेले शनिवार कार्यकर्ता भेला गर्नुका साथै वडास्तरीय सम्पर्क कार्यालयको उदघाटन गरेको छ । नेकपा एमाले डुडुवा गाउँपालिका वडा नं. ६ को आयोजनामा केन्द्रीय निर्णयानुसार वडास्तरीय सम्पर्क कार्यालयको उदघाटन गरिएको हो । वडा कमिटिका अध्यक्ष ओरीलाल मुराउको अध्यक्षतामा भएको कार्यक्रममा करीब […]

सम्बन्धित