बाँकेमा ६ संक्रमित थपिए, ८ डिस्चार्ज

सदरलाइन संवाददाता २० फाल्गुन २०७८, शुक्रबार १३:२१
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक सय जनाको पीसीआर परीक्षणमा पाँच जनामा र जमुनाहा नाकामा २ ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा तीनजना र मेडिकल कलेजमा दुईजनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका एकजना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय २९ पुगेको छ ।


यस्तै ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार पाँच सय ७६ पुगेको छ । अस्पतालमा पनि विरामीको संख्या ह्वात्तै घटेको छ ।

भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा दुई जना विरामी उपचारत छन् । उनीहरु मध्यमखाले विरामी भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता सकियो, मानवीय सहायताको व्यवस्था गर्ने सहमति

२० फाल्गुन २०७८, शुक्रबार १३:२१
एजेन्सी : रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो । युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको […]