वडाध्यक्षको निधनमा सार्वजनिक बिदा

सदरलाइन संवाददाता १५ फाल्गुन २०७८, आईतवार १३:२३
 

सुर्खेत : गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आईतबार वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।


यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर्खेतस्थित राजीगाउँमा उहाँ सवार भे६प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश०२००१ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पल शाह प्रहरीको नियन्त्रणमा

१५ फाल्गुन २०७८, आईतवार १३:२३
काठमाडौं : जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले […]