सदरलाइनडटकम,
खजुरा (बाँके) : हिन्दु तथा इस्लाम धर्मावलम्बीहरुको धार्मिकस्थलका रुपमा परिचित बाँकेको खजुरास्थित मुसबेटवा बाबा ब्यवस्थापन समितिको अध्यक्षमा कलामुद्दिन मनिहार चयन भएका छन् । समितिका संरक्षक एवं खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकबीर सुनारको उपस्थितिमा ११ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा उमेद अलि शेख, सचिवमा देवराम बिसी, कोषाध्यक्षमा शेरबहादुर गुरुङ चयन भएका छन् । यस्तै मुनिर अहमद शेख, खडकबहादुर वली, मो.रिजवान खाँ, रुपासिंह भण्डारी, जमिल अहमद शेख, टोपेन्द्र खत्री र निर्मल खनाललाई सदस्य चुनिएको छ ।
