कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु

सदरलाइन संवाददाता १४ फाल्गुन २०७८, शनिबार १३:३८
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर ७ मुगुका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भेरी अस्पतालमा फागुन १ गते पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि फागुन ४ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


यो सँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट बाँकेमा आएका ४ सय ४९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५ थान रेडपाण्डाको छालासहित दाङमा ३ जना पक्राउ

१४ फाल्गुन २०७८, शनिबार १३:३८
नेपालगञ्ज : दाङमा प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेका छन् । ठूलो मात्रमा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला ल्याएर विक्रि वितरण गर्न लागेको सूचना आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, […]