कोरोना संक्रमितको संख्या २४६ पुग्यो

१ जेष्ठ २०७७, बिहीबार १३:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष हुन् ।
उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले बताएका छन् ।

Next Post

बाँकेका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

१ जेष्ठ २०७७, बिहीबार १३:३१
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरसबाट सुरक्षित रहनका लागि बाँकेका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बिहीवार कार्यालय परिसरमा पुगेका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । नेपालमा समेत कोरोना भाइरस (कोभिड–१९)को महामारीको बढ्दै गएको अवस्थामा पत्रकारहरु पनि उच्च जोखिममा रहेकाले सुरक्षित हुनका लागि स्वास्थ्य सामग्री बितरण […]