पश्चिम नवलपरासीमा सुरक्षा निकाय सक्रिय हुँदा तस्करहरुको निद हराम

सदरलाइन संवाददाता २९ जेष्ठ २०८०, सोमबार २०:०७
 

पश्चिम नवलपरासी :  पश्चिम नवलपरासीमा तस्करीका बिरुद्ध सुरक्षा निकाय सक्रिय हुँदा तस्करहरुको निद हराम भएको छ । सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धिरेन्द्रराज न्यौपानेले कमाण्ड सम्हालेयता तस्करहरुको निद हराम भएको हो ।

तस्करी निस्तेज अभियानमा लागेका एसपी न्यौपानेले दिएको कडा निर्देशनसँगै जिल्लाका सबै सशस्त्र प्रहरी इकाईहरुले अवैध सामग्री ओसारपसारलाई कडा निगरानी गर्दै धमाधम अवैध सामाग्री बरामद गर्दै तस्करीलाई निस्तेज पार्दै आएका छन् ।

सशस्त्र प्रहरीका पश्चिम नवलपरासीभरका सीमामा रहेका गुल्म तथा बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरु दुलोभित्र पसेझैं भएका छन् ।

एसपी न्यौपानेले कमाण्ड सम्हालेको ४ महिनामै सशस्त्र प्रहरीले तस्करविरुद्ध धावा बोल्दै ६१ लाख रुपैयाँ बढीको भन्सार छलीका अवैध सामाग्री बरामद गरिसकेको छ । तस्करीलाई समाप्त पार्ने अभियानमा लागेको सशस्त्र प्रहरीले पश्चिम नवलपरासीका नाकाबाट भारतबाट ल्याउंँदै गरिएका धेरै जसो अवैध लत्ताकपडा बरामद गरेको एसपी न्यौपानेले जानकारी दिए ।


पश्चिम नवलपरासीको भर्खरै मात्र कमाण्ड सम्हालेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) काजीकुमार आचार्यले पनि शान्तिसुरक्षालाई मात्र नभई तस्करीविरुद्ध धावा बोल्दै आएका छन् । दुवै सुरक्षा निकायको सहकार्यमा साना तथा ठुला तस्करहरुको अहिले गुप्तबास झै भएको जिल्लाका ब्यावसायी गजेन्द्र केसीले बताए ।

गजेन्द्र भन्छन् ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको यो कार्यप्रति सारा पश्चिम नवलपरासीका ब्यापारीहरुमा आशा र उमंग छाएको छ।’ एसपी आचार्यले कमाण्ड सम्हालेको छोटो समयमै तस्करहरुको मनोबल नै खस्काउन सफल बन्दै गएका छन् ।

सशस्त्र र नेपाल प्रहरीको तस्करी निस्तेज अभियानमा ब्यापारीहरु खुशी हुँदा त्यहाँका तस्करहरुले भने त्यहाँको सिङ्गो सुरक्षा निकायहरुलाई बदनाम गर्दै आएको व्यावसायी राजेन्द्र कार्की बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा डुवानमुक्त वडा बनाउन माग

२९ जेष्ठ २०८०, सोमबार २०:०७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का नागरिकहरुले वडाको विकासप्रति चिन्ता ब्यक्त गरेका छन् । वडा कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न कार्यक्रम तथा योजनाको विषयमा मंगलबार आयोजित सार्वजनिक सुनुवाइका सहभागिहरुले हरेक वर्ष वर्षातको समयमा हुने डुवानको समस्या समाधान गर्न समयमै वडाको ध्यान जानुपर्ने बताएका थिए । सार्वजनिक सुनुवाइमा […]