सशस्त्रको बागेश्वरी गणमा नेतृत्व फेरिएसंगै बाँकेका नाकाहरुमा विषेश निगरानी बढाउदै

सदरलाइन संवाददाता ११ माघ २०७८, मंगलवार १९:२१
 


नेपालगञ्ज : सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेमा नेतृत्व फेरीएसंगै सीमा क्षेत्रको निगरानी कडा पार्नुको साथै तथा तस्करीविरुद्ध खरो रुपमा उत्रिने भएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेपछि सिमा तिर कडा निगरानी बढाउदै तस्करी बिरुद्ध खरो रुपमा निर्देशन दिएका छन ।

उनले सो क्रममा बाँकेका सबै बिओपीहरुमा निरीक्षण गर्दै सिमा नाकामा हुने अवैध गतिविधि र तस्करी विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।

बाँकेका बिओपी कटकुइया ,नरैनापुर ,गङगापुर, खडैचा, कालाबन्जार ,जमुनाह, जयसपुर र बढैया बिओपीहरु सशस्त्र प्रहरी बाँकेका कमान्डर बस्नेतको निर्देशन अनुसार धमाधम तस्करीविरुद्ध उत्रदै अवैध सामाग्री बरामद गरेका छन् ।


एसपी बस्नेतको तस्करी नियन्त्रण गर्न दिइएको कडा निर्देशन पश्चात् आज बिहान मात्रै सशस्त्र प्रहरीले ठुलो परिमाणमा भन्सार छली गरि ल्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको छ ।

मंगलबार विहान ४ बजे नेपालगञ्ज–१७ परसपुरबाट सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक मन्दिर मगरको कमान्डमा गएको टोलीले २ लाख बढी रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ ।

यसैगरी जयसपुर बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक हरिजित महतको कमान्डको टोलीले नेपालगन्ज १६ जयसपुरबाट ८६ हजार रुपैयाँ बराबरका थानको कपडा र ४७ पिस कुर्ता सुरवाल बरामद गरेको थियो ।

बरामद गरिएका अवैध सामग्रीहरुमा ४ क्विन्टल चिनी, १५ क्विन्टल हरियो केराउ, लत्ताकपडा ,सुर्तीजन्य पदार्थ लगायत किराना बस्तुहरुलाई नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट बाँकेमा २ जनाको मृत्यु

११ माघ २०७८, मंगलवार १९:२१
नेपालगञ्ज : उपचारका लागि बाँके ल्याइएकामध्ये २ जना कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाबाट गत माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षीय पुरुषको मंगलवार राती साढे ११ बजे मृत्यु भएको छ भने […]