जघन्य अपराधमा फरार सात जना बाँके प्रहरीद्वारा पक्राउ

२७ भाद्र २०७५, बुधबार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका दोषीहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्यन गर्नेतर्फ सक्रिय भएको प्रहरीले उक्त अभियानलाई निरन्तरता दिँदै प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटेको टोलीले फरार व्यक्तिहरुलाई पक्राउ गर्न थालेको हो ।
अभियानअन्तर्गत बाँके प्रहरीले हालसम्म सात जनालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जनाएको छ । वन मुद्दामा दोषी करार भई अदालतबाट जरिवाना तोकिएका बाँके रझेना २ वस्ने खेमलाल थारुलाई भाद्र १५ गते पक्राउ गरिएको छ । जघन्य अपराधमा उनलाई अदालतले दोषी ठहराउँदै ९ हजार ४ सय रुपैयाँ जरिवाना गरेको थियो ।
यस्तै लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएका नेपालगञ्ज १९ का तिर्थराम कलवार, लागु औषध मुद्दामा १३ दिन कैद सजाय पाएका नेपालगञ्ज १ वस्ने सरोज थापा, चोरी मुद्दामा २ महिना ४ दिन कैद र २१ हजार जरिवाना तोकिएका कोहलपुर २ का राजेश वैगारलाई पक्राउ गरिएको छ ।
यस्तै जबरजस्ती करणी मुद्दामा अदालतबाट ३ वर्ष ६ महिना कैद सजाय सुनाइएका वैजनाथ १ वस्ने पदम सुनार र नाम नखुलाइएका एकजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उता कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जनालाई समेत प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ ।

Next Post

यु–१९ क्रिकेटमा नेपाल ४१ रनले पराजित

२७ भाद्र २०७५, बुधबार १७:५८
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय एनसीए यू–१९ टोलीसँग नेपाली यु–१९ क्रिकेट टीम ४१ रनले पराजित भएको छ । नेपालले टस जितेर बलिङ गरेको नेपालले १६२ रनको लक्ष्य पच्छ्याएकोमा ४१ ओभर मै अलआउट भएर पराजित भएको हो । ४१ ओभरसम्म नेपालले १२१ रन मात्रै बनाउन सक्यो । नेपालका तर्फबाट भीम सार्कीले ३०, कमलसिंह […]