बाँकेमा शनिवार २५ संक्रमित थपिए, २५ डिस्चार्ज

सदरलाइन संवाददाता २९ माघ २०७८, शनिबार १३:५०
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा २५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १९ र एन्टिजेन परीक्षणबाट ६ गरी २५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी ल्यावमा २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी तीन अस्पतालमा ६३ जनाको नमुना जाँच भएको थियो ।


यस्तै भारतबाट फर्किने ३५८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ९ जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८७४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

२९ माघ २०७८, शनिबार १३:५०
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेगाउँका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । माघ १८ गते कोभिड संक्रमण पुष्टि भएका उनी भोलीपल्ट भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए । उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार […]