नेपालगञ्ज : बाँकेमा बुधवार थप १ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ९४ नमुना परीक्षण भएकोमा १ सय २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
भेरी अस्पतालमा एक सय १४ जनाको नमुना जाँच गर्दा ६८, मेडिकल कलेज कोहलपुरमा ५८ जनाको नमुना जाँच गर्दा ४६ र बागेश्वरी ल्यावमा २२ नमुना जाँच गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ८६ जना छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या आठ सय ७८ जना छन् । भेरी अस्पतालमा मात्रै ३२ जनाको उपचार भइरहेको फोकल पर्सन वलीले बताए ।