कोरोना संक्रमणबाट बाँकेमा २ जनाको मृत्यु

सदरलाइन संवाददाता १२ माघ २०७८, बुधबार १२:५५
 

नेपालगञ्ज : उपचारका लागि बाँके ल्याइएकामध्ये २ जना कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाबाट गत माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षीय पुरुषको मंगलवार राती साढे ११ बजे मृत्यु भएको छ भने माघ ५ गतेबाट उपचाररत शुभकालिका ५ कालिकोटका १६ वर्षीय किशोरको बुधवार बिहान सवा ११ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिएका छन् ।


वलीकका अनुसार कालिकोटका गजेन्द्र बाहेरा बाख्रा चराउन गएका बेला भिरबाट खसेर घाइते भएको र थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि माघ ५ गतेबाट भेरी अस्पतालमा उपचार चलिरहेको थियो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएकामध्ये ४३९ जना कोरोना संक्रमितको मृत्यु भएको वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारीमा कोरोना देखिएपछि राप्तीसोनारी बन्द

१२ माघ २०७८, बुधबार १२:५५
नेपालगञ्ज : कर्मचारीमा कोरोना भाइरस संक्रमण फैलिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालय बन्द भएको छ । गाउँपालिका र महालेखा परिक्षकको कार्यालयमा कार्यरत २४ जना कर्मचारीको कोभिड ‘एन्टिजिन’ परिक्षण गर्दा १२ जनालाई भाइरस संक्रमण पुष्टि भएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको पालिकाका अध्यक्ष […]

सम्बन्धित

ताजा अपडेट