कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ११ माघ २०७८, मंगलवार १३:०४
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ की ७० वर्षीया महिलाको मंगलवार बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलीपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।


उनको मृत्युसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ३४६ पुगेको छ । यसअघि माघ ३ गते दाङकी एक महिलाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला प्रशासन कार्यालय बाँके मंगलवारदेखि बन्द

११ माघ २०७८, मंगलवार १३:०४
नेपालगञ्ज : कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरु मंगलवारदेखि बन्द गरिएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर […]