पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

२ कार्तिक २०७६, शनिबार १३:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले शनिवार देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतवार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमवार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Next Post

एक लाखसहित दाङमा सात जुवाडे पक्राउ

२ कार्तिक २०७६, शनिबार १३:३९
सदरलाइनडटकम, दाङ : एक लाख १३ हजार ५ सय नगदसहित दाङमा सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले घोराही उमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्क नजिकै एक घरमा तास खेलिरहेको भन्ने गोप्य सुचनाका अधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई शुक्रवार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]