ब्राउन सुगरसहित बाँकेमा तीनजना पक्राउ

सदरलाइन संवाददाता १० माघ २०७८, सोमबार १६:०५
 

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगञ्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरी र लागुऔषध व्यूरोको टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा मुन्नीले लगाएको सुइटरमा लागुऔषध फेला परेको न्यौपानेको भनाई छ ।


प्रहरीले उनीहरुको साथबाट ७० हजार ५ सय रुपैयाँ नेपाली र ७० हजार तीन सय ५० रुपैयाँ भारु गरी एक लाख ८३ हजार ६० रुपैयाँ समेत बरामद गरेको छ ।

उनीहरु लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

१० माघ २०७८, सोमबार १६:०५
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ की ७० वर्षीया महिलाको मंगलवार बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलीपल्ट भेरी अस्पतालमा […]