चारजनाको हत्या भएको मुगु घटनामा बाँकेका शाही पक्राउ

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १३:३६
 

नेपालगञ्ज : मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् । यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ ।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो । कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए ।


घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन् । घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो । अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउँछ : माधव नेपाल

२४ कार्तिक २०८०, शुक्रबार १३:३६
काठमाण्डौ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालले बिआरआईलाई थप गतिका साथ अघि बढाउने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन पुगेका अध्यक्ष नेपालले खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरूको भेला र अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले ‘सेयरिङ द […]