भारतसँग सीमाना जोडिएका नाकामा कडाइ

सदरलाइन संवाददाता ४ माघ २०७८, मंगलवार १२:३०
 

नेपालगञ्ज : कोरोना संक्रमण बढेसँगै भारतसँग सीमाना जोडिएका लुम्बिनी प्रदेशका ६ जिल्लाका सीमा नाकामा प्रवेश गर्न कडाइ गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्दा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको हो ।

बाँके, रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका सीमा नाकामा विशेष कडाइ गरिएको छ । त्यस्तै दाङ र बर्दियाका कम चहलपहल हुने सीमा नाकामा पनि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

दोस्रो चरणको कोरोना लहरमा सबैभन्दा पहिले र बढी बाँके जिल्ला प्रभावित भएको थियो । भेरी अस्पतालमा बेड अभावले कोरोना संक्रमितले धेरै दुःख पाएका थिए ।

अहिले त्यस्तो अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण गर्न सीमा नाका जमुनाह नाकामा कडाइ गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।


माघीभन्दा पहिले तिर्थालुहरु धेरै प्रवेश गर्न खोजेपछि केही कठिनाइ भएको र अहिले त्यस्तो अवस्था नभएको भन्दै उनले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरी परीक्षण गरिएको बताए । नेपाल प्रवेश गर्नेहरुको अनिवार्य एन्टिजेन विधिद्वारा कोरोना परीक्षण गरिएको, खोप लगाएरनलगाएको हेरिने गरिएको उनको भनाई छ ।

साथै नेपालबाट भारत प्रवेशमा पनि कडाइ गरिएको छ । भारत जानका लागि पनि अतिआवश्यक कामबाहेकमा रोक लगाइएको केसीले बताए । ‘अहिले रुपइडिहा बजार जानलाई पनि कडाइ गरेका छौँ, अतिआवश्यक हो भने मात्र जान दिने, नत्र जान नदिने पनि गरेका छौँ,’ उनले भने ।

उहाँका अनुसार नरैनापुर गाउँपालिका क्षेत्रका खुला सीमानामा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ । साना नाकाहरुमा आवतजावत गर्नेहरुलाई रोक्न सुरक्षाकर्मी परिचालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारी संक्रमित भएपछि नरैनापुर बन्द

४ माघ २०७८, मंगलवार १२:३०
नेपालगञ्ज : कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएपछि बाँकेको नरैनापुर गाउँपालिका आजदेखि बन्द भएको छ । गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि माघ ८ गतेसम्म गाउँपालिका बन्द गरिएको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । संक्रमित भएका सबै कर्मचारीहरु होमआइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनको भनाइ छ । […]

सम्बन्धित