जिल्ला विपद व्यवस्थापन समिति बाँकेद्वारा निल सागरलाई ५० थान कम्बल सहयोग

सदरलाइन संवाददाता ३ माघ २०७८, सोमबार १९:०७
 


नेपालगञ्ज  :  अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि बाँके प्रशासनले विपन्न तथा असाहे जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कम्बल बितरण कार्य जारी राखेको छ ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो प्रभावित विपन्नलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्ने क्रममा नेपालगञ्जमा रहेको निल सागर जेष्ठ नागरिक आश्रममा ५० थान कम्बल वितरण गरेको हो ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नेपालगञ्जको निल सागर आश्रम पुगेर त्यहाँ आश्रीत जेष्ठ नागरिक तथा बालबालिकालई न्यानो बनाउन कम्बल वितरण गरेका हुन ।

शीतलहर आकस्मिक योजना २०७८ अन्तरगत विपद व्यवस्थापन समितिले ६ सय थान कम्बल खरिद गरी चिसो प्रभावितलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गरिएको हो ।


बाँकेमा चिसो तथा शीतलहरबाट करिव २६ हजार प्रभावित हुने आकलन गरीएको छ । सो अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशाशकिय अधिकृत रामकुमार सोनकर,विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतले कम्बल वितारण गरेको थियो ।

सो अवसरमा निल सागरका अध्यक्ष सरिता र सञ्चालक नारायण सुवेदी अमनले आश्रमको अवस्था तथा कार्य प्रगतिको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतसँग सीमाना जोडिएका नाकामा कडाइ

३ माघ २०७८, सोमबार १९:०७
नेपालगञ्ज : कोरोना संक्रमण बढेसँगै भारतसँग सीमाना जोडिएका लुम्बिनी प्रदेशका ६ जिल्लाका सीमा नाकामा प्रवेश गर्न कडाइ गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्दा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको हो । बाँके, रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका सीमा नाकामा विशेष कडाइ गरिएको छ । त्यस्तै […]

सम्बन्धित