नेपालमा स्काउट एक परिचय

८ चैत्र २०७४, बिहीबार १७:३१
 

बिनोद अधिकारी / रोभर लिडर,
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर काठमाडौं 
नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि‍सं २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।
नेपाल स्काउटको उद्देश्य यस्तो छः
– विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।
– बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
– दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
– सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
–समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने ।
– स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।

स्काउट नियम


– स्काउट विश्वास योग्य हुन्छ ।
– स्काउट भक्त हुन्छ ।
– स्काउट उपयोगी र सहयोगी हुन्छ ।
– स्काउट सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भागिनित्व कायम राख्दछ ।
– स्काउट विनम्र हुन्छ ।
– स्काउट प्राणी प्रति दयालु हुन्छ ।
– स्काउट अनुशासित र आज्ञाकारी हुन्छ ।
– स्काउट बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ ।
–स्काउट मितव्ययी हुन्छ ।
– स्काउट मन, बचन र कर्ममा पवित्र हुन्छ ।
स्काउटको प्रतिज्ञा
आफ्नो नाम आत्मा साक्षी राखी आफ्नो मर्यादामा प्रतिज्ञा गर्दछु कि सकभर
देश, नरेश तथा ईश्वर र्धर्म प्रति आफ्नो कर्तव्य पालन गर्दछु ।
सधैं परोपकार गर्दछु ।
सधैं स्काउट नियम पालना गर्दछु ।
नेपाल स्काउटको वर्गीकरण यस प्रकार छ
– कब्ब्राउनी ७ देखी १० वर्ष
– ब्वाय गरल ११ देखी १५ वर्ष
– रोवर्रेञ्जर  १६ देखी २५ वर्ष
ब्वाय््गर्ल स्काउटको ब्याज सूची
– सदस्यता ब्याज
–वेडेन पावेल शिखर ब्याज
– अन्नपूर्ण ब्याज
– कञ्चनजंगा ब्याज
– सगरमाथा ब्याज
– राष्ट्रपति स्काउट ब्याज
– ज्याम्बोरी
– नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी वि।सं। २०४३मा कीर्तिपुरमा गरेको थियो । नेपाल स्काउटले दोस्रो ज्याम्बोरी विसं २०६९मा चितवनको टिकौलीमा गरेको थियो । ३ हाम्रा राष्ट्रकबि माधव प्रसाद घिमिरे  पनि स्काउट हुन । नेपालमा स्काउटिङ शुरु भएको पहिलो ब्याचका सदस्य रहेका घिमिरेको तस्बीर हामीसँग मात्र छ ।   

Next Post

स्तनपान शिशुका लागि अत्यन्त महत्वपूर्ण छ

८ चैत्र २०७४, बिहीबार १७:३१
बिनोद अधिकारी , अस्पताल ब्यवस्थापक, ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौं स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ। पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसंग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । स्तनपानलाई […]