लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ३० पुष २०७८, शुक्रबार १५:१५
 

नेपालगञ्ज : लेनदेन मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बस्ने २७ वर्षीय प्रदीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेबाट २०७६ साल बैशाख २० गते भएको फैसलाले ६ महिना कैदसजाय पाएका क्षेत्री हालसम्म फरार रहेका थिए ।


जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई पक्राउ गरी शुक्रवार जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार ३९ जनामा कोभिड पुष्टि

३० पुष २०७८, शुक्रबार १५:१५
नेपालगञ्ज : बाँकेमा शुक्रवार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११४ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५४ नमुना परीक्षण गर्दा २४, मेडिकल कलेज कोहलपुरमा ४४ नमुना परीक्षण गर्दा ८ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा […]