नेपालगञ्ज : नेपालगञ्जमा जारी सातौ अन्तराष्ट्रिय प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले चुम्न सफल भएको छ ।
नेपालगञ्ज रंगशालाको कभर्डहलमा सञ्चालन भएको खेलमा दुई बिभागिय टीम बीचको प्रतिश्पर्दामा एपीएफले डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लवलाई २५–२२, २५–२१ र २५–१९ सोझो सेटमा किनारा लगाउदै उपाधि माथि कब्जा जमाएको हो । उपाधि संगै एपीएफले पाँचलाख नगद ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, कार्यक्रमका संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा बाँकेका आठ वटै स्थानीय तहका उपप्रमुखलगायतले बिजेता टिमलाई ट्रफि प्रमाणपत्र र पुरस्कार बितरण गरेका थिए ।
यसैगरी प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लवले २ लाख नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्ने होङ्गाजि न्यू डायमन्ड क्लवले १ लाख नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी नेपाल आर्मीको बिभागिय टिम त्रीभुवन आर्मी क्लवले चौथो स्थानमा चित्त बुझाउदै ५० हजार प्राप्त गर्न सफल भयो भने घरेलु टिम लुम्बिनी यूनाईटेडले कुनै पनि खेल जित्न नसकी रित्तै हात घर फर्केको छ ।
प्रतियोगिताको पहिलो संस्करण नेपाल पुलिस क्लव, दोस्रो नेपाल सशस्त्र प्रहरीको एपिएफ, तेस्रो र चौथोमा भारतको रेलवे ईण्डिया पाँचौमा एपिएफ र छैठौमा पुलिसले विजय हासिल गरेको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।