सम्बन्ध सुधारमा होलीको महत्वपुर्ण भुमिका

१७ फाल्गुन २०७४, बिहीबार २०:२९
 

सदरलाइनडटकम  
१७ फागुन, नेपालगन्ज : आपसी सद्भाव र भाइचारा प्रतिकको रुपमा रहेको होली कार्यक्रम बाँकेमा धुमधामका साथ मनाउन शुरु गरिएको छ । बाँकेको शहरी क्षेत्र सँगसँगै ग्रामीण क्षेत्रमा पनि होलीको शुभकामना आदान–प्रदान कार्यक्रम शुरु भएका छन् ।
यसैक्रममा बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा धुमधामका साथ होलीको शुभकामना आदान प्रदान गरिएको छ । नरैनापुरको वडा नं. ६ गंगापुरको सोनवर्षा गाउँमा बिहिबारका दिन हिन्दू, मुस्लिमसँगै मिलेर श’भकामना आदानप्रदान गरेका छन् .।
शुभकामना पछि नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले होली अत्यन्त भावनात्मक पर्व भएको बताउँदै शुभकामना कार्यक्रममा सहभागी हुँदा अत्यन्त आनन्दीत भएको बताए ।. अध्यक्ष शाहका अनुसार यस्ता कार्यक्रमहरुले समाजमा भाइचारा, सद्भाव कायम गर्नुका साथै विभिन्न धर्मावलम्बीहरुलाई एकजुट गराउन’का साथै फरक समुदाय बीच सम्बन्ध सुधार गर्ने विषयमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।.
कार्यक्रममा गाउँपालिका अध्यक्षसँगै अन्य कर्मचारी, प्रतिनिधि, शिक्षक दुर्गाप्रसाद श्रीवास्तव, स्थानीय समाजसेवी गोबिन्दपाल सिंह, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत विभिन्न तहतप्काका व्यक्तिहरुको सहभागिता रहेको थियो ।. कार्यक्रम बेलुका थप धुमधामका साथ मनाइने अध्यक्ष शाहले बताए ।
यसैगरी सुचना तथा मानव अधिकार अनुसंधान केन्द्र, नेपालगन्ज उद्योग बाणिज्य संघ लगायतको आयोजनामा नेपालगन्जको त्रिभुवनचोकमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बार एशोशिएशनका उपाध्यक्ष शालिकराम सापकोटा, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, साहित्यकार सनत रेग्मी, ऋचा लुईटेललगायतको सहभागिता रहेको थियो ।

Next Post

कटुवा पेस्तोलसहित बढई पक्राउ

१७ फाल्गुन २०७४, बिहीबार २०:२९
सदरलाइनडटकम   १७ फागुन, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बाँकेको नरैनापुर–४ का रामप्रसाद बढईलाई पेस्तोलसहित पक्राउ गरेको हो । ३३ वर्षिय बढईले लुकाई छिपाई भारतबाट ल्याएको अवस्थामा बिहीबार दिउसो चार बजेतिर फक्राउ गरेको छ । संघिय प्रहरी इकाइ कार्यालय नेपालगन्जबाट खटिएको अनुसन्धान […]

सम्बन्धित