नदीमा डुबेर बाँकेमा एक युवकको मृत्यु

सदरलाइन संवाददाता ३१ बैशाख २०८०, आईतवार १३:०४
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा एक युवाको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर ईलाका प्रहरी कार्यालयका अनुसार शनिबार बाँके बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका ३६ वर्षीय कमल सहनीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।


प्रहरीका अनुसार सहनी शनिबार बिहान ९ बजेतिर घरदेखि २०० मिटर दक्षिण पर्ने जेठीनाला नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भत्किएको लामो समयसम्म नबनेपछि सांसदनै बसे पुलमुनि अनशन

३१ बैशाख २०८०, आईतवार १३:०४
नेपालगञ्ज : बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल सम्पन्न नहुँदै भत्कियो । पप्पु कन्ट्रक्शनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन् । अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन्, जहाँ एक जना मान्छे तरेको दश […]