बिहीवार बाँकेका ५ जनामा कोरोना पुष्टि, ४ जना डिष्चार्ज

सदरलाइन संवाददाता २४ असार २०७८, बिहीबार १५:३६
 

नेपालगञ्ज : बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परिक्षणको ३३.३ प्रतिशत हो । आज ४ जना डिष्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी १५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट बर्दियाकी एक महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जना, मेडिकल कलेज कोहलपुरमा ४ जना र बागेश्वरी ल्याबमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १७ हजार ४ सय ९६ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार १ सय २८ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ११ जनाको मृत्यु भएको छ ।

जिल्लामा ६४ जना सक्रिय संक्रमित रहँदा ३२ जना अस्पताल र आइसोलेसनमा छन् भने ३६ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुलाको पहिरोमा तीन जनाको मृत्यु

२४ असार २०७८, बिहीबार १५:३६
दार्चुला : वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खार चौखुट्टेका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली छन् । गेउली र मन्जरीको घर पुरिँदा मृत्यु भएको हो भने लक्ष्मणको घट्ट जाने क्रममा माथिबाट […]

सम्बन्धित