बर्दिया अस्पतालमा विरामीलाई रगत निःशुल्क

सदरलाइन संवाददाता २ श्रावण २०७९, सोमबार १५:१७
 

नेपालगञ्ज : बर्दिया जिल्ला अस्पतालमा अव बिरामीले निःशुल्क रगत पाउने भएका छन् ।

आइतबारबाट विरामीका लागि चाहिने रगत अव निःशुल्क उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुभाष पाण्डेले जानकारी दिए ।

यसअघि विभिन्न परीक्षणका नाममा विरामीले रगत प्राप्तीका लागि रकम तिर्नु पर्ने अवस्था थियो ।


बर्दिया अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सङ्कलन तथा भण्डारण केन्द्रबीच सम्झौँता भएपछि विरामीले निःशुल्क रगत पाउने भएका हुन् ।

रेडक्रसले विरामीलाई आवश्यकता अनुसार रगत उपलव्ध गराउने र त्यसको लागि आवश्यक सम्पूर्ण सोधभर्ना अस्पतालले महिनाको अन्तममा गरिदिने सहमति अस्पताल र रेडक्रसबीच भएको छ । रगत लिनका लागि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस पत्र हुनुपर्ने छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष नारायण गौतम र रेडक्रसको तर्फबाट जिल्ला शाखाका सभापति कृष्णप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टा सिचाई आयोजनाको पूर्बी नहरबाट पानी छोड्दा किसान हर्षित

२ श्रावण २०७९, सोमबार १५:१७
नेपालगञ्ज : बाँकेमा खडेरीको कारण धान रोप्न नपाएका किसानको मुहारमा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडर खुशी ल्याई दिएको छ । प्रचण्ड गर्मी र खडेरीका कारण बाँकेका किसानले राखेको धानको बिउ र अलि–अलि पानीको जोहो गरेर गरेको रोपाई सुक्ने अवस्थामा पुग्दै गर्दा सिक्टा सिचाई आयोजनाले नहरमा पानी […]