बाजुराका पाँच वटा मेडिकल सिल

सदरलाइन संवाददाता ६ पुष २०७८, मंगलवार १६:००
 

नेपालगञ्ज : बाजुरामा मेडिकलहरू गैरकानुनी रूपमा चलाएको भन्दै औषधी व्यवस्था विभागले पाँच वटा मेडिकललाई सिल गरेको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको प्रभा आयुर्वेद, कोल्टीमा रहेको नबिन मेडिकल, विशाल आयुर्वेद औषधी पसल सिल गरेको हो । यस्तै पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनिक र संज्याल हेल्थ क्लिनिकलाई सिल गरेको जनाएको छ ।


औषधी व्यवस्था विभागका शाखा अधिकृत धन बहादुर बोहराको नेतृत्वमा पुगेको टोलीले अनुगमनका क्रममा गैरकानुनीरूपमा सञ्चालन भएका मेडिकलहरू भेटिएपछि सिल गरेको हो ।

बुढिनन्दा नगरपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराले पटकपटक गैरकानुनीरूपमा मेडिकल सञ्चालन नगर्न निर्देशन दिएपनि सञ्चालकहरूले अटेर गर्दै आएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

६ पुष २०७८, मंगलवार १६:००
नेपालगञ्ज : नेपालगञ्ज कारागारमा क्षमताभन्दा झन्डै तेब्बर थुनुवा र कैदीहरु रहेका छन् । अहिले कारागारमा ८ सय १२ जना थुनुवा र कैदी बन्दी रहेको कारागार प्रमुख रामकुमार सोनखरले बताए । क्षमता भन्दा बढी कैदीबन्दीका कारण कारागार भित्र ठाउँ साँघुरो छ । कैदीहरुको सरसफाईमा निकै समस्या छ । जसका कारण कैदीबन्दीमा […]