सामाजिक कार्यका लागि चोरी गर्ने पक्राउ

१ पुष २०७५, आईतवार १४:३१
 

सदरलाइनडटकम,
रुकुम पश्चिम : चोरी गरेको आरोपमा एक युवालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकामका १९ वर्षीय विजय मल्ल चोरी आरोपमा पक्राउ परेका हुन् ।
चोरी गरिएको रकम, सामान र ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनले रुकुम पश्चिम त्रिबेणी गाउँपालिका ३ झुल्नेटास्थित डिल्लीबहादुर खड्काको ईलेक्ट्रोनिक पसल र सोही ठाउँकै संगम सुनचाँदी पसल तोडफोड गरी चोरी गरेका हुन् ।
दुई पसलबाट २ लाख पचास हजार बढीको नगद तथा सरसमान चोरी भएको सूचना प्रहरीले पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार उनको साथबाट प्रहरीले ५ हजार ८ सय ३५ नगद, बिभिन्न मोवाईल सेट पाँच थानसँगै क्यामरा, रिचार्ड कार्ड, घडी र ताला फोड्न प्रयोग गरिएका समानहरु पनि बरामद गरिएको छ ।



प्रहरीका अनुसार आफूमा आर्थिक समस्या रहेको र रुकुम पूर्वमा चलिरहेको महोत्सव खर्च जुटाउनका लागि चोरी गरेको उनले प्रहरी समक्ष बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । रुकुम प्रहरीले बेला बेला यस्तै प्रकृतिका चोरी घटनामा संलग्नलाई पक्राउ गरि सार्बजनिक गर्दै आएको छ ।

Next Post

छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

१ पुष २०७५, आईतवार १४:३१
सदरलाइनडटकम, दाङ : छुट्टाछुट्टै दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नम्बर नखुलेको गाडीले आइतवार राति तुलसीपुरमा ठक्कर दिँदा बबई गाउँपालिका–७ डाँडागाउँका करिब ५८ वर्षीय नेत्रबहादुर बुढाथोकी मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर–८ दुधेनाको कृष्ण मन्दिर राति सवा नौ बजेतिर गाडीले ठक्कर […]