सदरलाइनडटकम,
काठमाण्डौ : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्की दिएर ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन् । घरमा श्रीमान नभएको अवस्थामा धम्की दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको हो ।
आफू घरमा नभएको बेला श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमान्ले प्रहरीमा दिएको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
असोजयता पाँचथरमा दुई महिला बलात्कृत भएको घटना सार्वजनिक भएको छ । यसअघि असोज २ गते १२ वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा इलाम श्रीअन्तुका ४९ वर्षीय एकजना पक्राउ परेका थिए ।
पक्राउ परेका दुवैजनामाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पाँचथर प्रहरीले बताएको छ ।
