दाङमा विद्यार्थी चढेको बस दुर्घटना, ७ जना घाइते सबैको अवस्था सामान्य

सदरलाइन संवाददाता २५ मंसिर २०७८, शनिबार १९:१५
 

दाङ : नेपालगञ्जबाट दाङको धारपानी मन्दिरको भ्रमणमा गएको विद्यालयको बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । मन्दिरको दर्शन गरेर फर्किने क्रममा घोराही उपमहानगरपालिका–३ चौपट्टा ओरालोमा शनिबार बेलुकी सवा ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार ओरालोमा ब्रेक फेल भएपछी चालकले बचाउन भित्तामा बस टसाएको र सो क्रममा भएको दुर्घटनामा परी कम्तिमा ७ जना विद्यार्थी घाइते भएको र ती मध्य एकजनाको खुट्टामा बढी चोट लागेको छ । उनीहरु सबैलाई राप्ती स्वास्थ्य प्रतिष्ठानमा उपचारको लागि पुराईएको छ ।

नेपालगञ्जको राँझामा भेरी विद्यामन्दिर राँझा को भे १ ख २२२१ नम्बरको बस दुर्घटनामा परेको हो कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी शिक्षक गरी ५० जना भ्रमणको लागि दाङ आएको दाङ्ग प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाह मुक्त बनाउने सामुहिक प्रतिवद्धता

२५ मंसिर २०७८, शनिबार १९:१५
बर्दिया : बर्दियाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र सामाजिक कुरितीको रुपमा रहेको बालविवाह मुक्त नगरपालिका बनाउनको लागि सामुहिक प्रतिवद्धता सबै सरोकारवालाले जनाएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत संस्थाद्वारा नगरपालिकाको समन्वयमा आयोजना गरिएको तीन दिने बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका निर्माण कार्यशालामा सो […]