नेपालगञ्ज विमानस्थलमा २६ लाखसहित पक्राउ परेका कर अधिृतलाई अख्तियार पठाईयो

सदरलाइन संवाददाता २५ भाद्र २०८०, सोमबार १३:३२
 

नेपालगञ्ज  :  बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसंधान गरी अख्तियारको जिम्मा लगाईएको छ ।

प्रहरीले आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटाका साथबाट सो रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

नेपालगञ्जबाट काठमाण्डौ जाने क्रममा रहेका कर अधिकृत सापकोटालाई विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको झोलामा स्रोत नखुलेको ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीले बताए ।


उनलाई थप अनुसंन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीबाट १ हजार दरका २६ वटा बन्डल परिचय पत्र, हवाई टिकट, बोडिङ पास एटिएम कार्ड समेत बरामद गरेको छ ।

नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्रीएयरको उडानमार्फत काठमाडौं जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन । प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण

२५ भाद्र २०८०, सोमबार १३:३२
नेपालगञ्ज : पत्रकारहरुका लागि नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाका संस्थापक अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्त ‘चाचा’ को ९५औं जन्मजयन्तीको अवसरमा मंगलवार विहान सेन्ट्रल सिटी हस्पिटलमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । नेपाल प्रेस युनियन बाँके शाखा र वरिष्ठ […]