बाँकेमा ट्राफिक सप्ताह शुरु

सदरलाइन संवाददाता १० फाल्गुन २०८०, बिहीबार १३:५३
 

नेपालगञ्ज : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आमसर्वसाधारणमा ट्राफिक सचेतना अभिबृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताएका छन् ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० को बिहीवार नेपालगञ्जमा उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने बताए ।

उनले अभियानलाई सफल पार्न सबैलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमान्दारिता र सक्रियता आवश्यक रहेको बताए ।


गृहमन्त्री श्रेष्ठले स्कुटर चालकलाई हेल्मेट हस्तान्तरण तथा सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गरी ट्राफिक सप्ताहको शुभारम्भ गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो ।

औपचारिक कार्यक्रम अघि नगरमा प्रभातफेरि निकालिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुवेदीले बताए । उनका अनुसार ट्राफिक सप्ताहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थीहरुद्धारा कोहलपुरमा सडक अवरुद्ध

१० फाल्गुन २०८०, बिहीबार १३:५३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा एक घण्टा सडक जाम गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सरकारी छानबीन समितिले भौतिक पुर्वाधार मन्त्रीकै त्रुटिका कारण काठमाण्डौमा २ जना विद्यार्थीको ज्यान जाने गरी घटना भएको निश्कर्ष निकालिए पनि भौतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न खुट्टा कमाएको भन्दै कारबाहीको […]

ताजा अपडेट