राष्ट्रिय गौरबका योजना सिक्टा सिँचाईको उच्चस्तरिय अनुगमन

रुद्र सुवेदी १६ मंसिर २०७७, मंगलवार २२:५६
 


नेपालगञ्ज  :  राष्ट्रिय गौरबको आयोजना सिक्टा सिचाई आयोजनाको प्रगति र अवस्थाको बारेमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय लगायतबाट स्थलगत अनुगमन गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य ढिला सुस्ती भएको जनगुनासो आईरहेको बेलामा राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माणाधिन अवस्थाको बारेमा पस्चिम नेपालबाट स्थलगत अबलोकन सुरु गरिएको प्रधमानमन्त्री कार्यालयका विकास व्यवस्थापन बिज्ञ ई गजेन्द्रप्रसाद थपलियाले जानकारी दिए ।

उनले राष्ट्रिय गौरबको आयोजना अन्तरगत सिक्टा सिचाई आयोजनाको पश्चिम नहरको अन्तिम बिन्दूसम्म पानी पुगेको र पूर्वी नहर निर्माणको चरणमा रहेको पाईएको बताए ।

उनले भने–‘ गौरबका आयोजना समयमा सम्मन्न हुँदैनन भन्ने व्यपक जनगुनासो आइरहेको बेलाका ती योजनाहरु के कति कारणले निर्माणमा अवरोध भएका छन् ? अवस्था के छ त्यसको प्रत्यक्ष अवलोकनका लागि उच्च स्तरिय टोलीले पश्चिम नेपालको महाकाली सिंचाई आयोजनादेखि अनुगमन सुरु गरेको हो ।’

उनले राष्ट्रिय गौरबका आयोजनाका बारेमा भएका नकारात्मक ‘परसेप्सन’लाई चिर्नका लागि आफुहरुको स्थलगत अवलोकनले सहयोग पुराउने दाबी समेत गरे । उनले आयोजनाहरुलाई समयमा सम्पन्न गराउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो र चिन्ता व्यक्त गरेको कुरा उल्लेख गर्दै आफुहरु स्थलगत रुपमा आएको बताए ।


भ्रमण टोलीमा संलग्न रहेका राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले यो अवलोकन भ्रमण सिक्टा नहरको अवलोकनको लागि सहित आफु चौथोपटक आएको जिकिर गर्दै आफु यसपटक भने पश्चिम नहरको अन्तिम बिन्दूसम्म पानी पुगेको पाउदा हौशला थपेको बताए ।

उनले भने–‘ लागतार तीन पटक आउदासम्म म निरास थिए तर यसपटक भने हौसला थपेको छ ।’ उनले नहर परिक्षणको क्रममा भत्केपछि अन्तिम विन्दुसम्म पानी पुराउन सकिदैन भन्न अफबाहलाई सिक्टा आयोजनाले चिदै पानी पुराएको हेर्न पाएको बताए ।

राष्ट्रिय गौरबका आयोजनाका प्राविधिक तथा अन्य समस्याको समाधान तथा निर्माण चरणलाई यथाशक्य चाँडो सक्नको लागि बाधा अड्काउ फुकाउनको लागि भ्रमण टोलिमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयलगायतबाट स्थलगत अनुगमन गरी समस्याको समाधान खोजि चाँडो आयोजना सम्पनन गर्नको लागि पहल गर्ने उद्देश्य आफुहरुको भ्रमण रहेको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका सिचाई सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।

सो टोलीले सिक्टा नहरको विभिन्न भागहरु विषेशगरी घुलनशिल माटोका कारण नहर भत्केको स्थान, हेडबक्स, पूर्वी नहरको निर्माणाधिन क्षेत्र लगायतको स्थानमा स्थलगत पुगेर अवलोकन तथा कार्यप्रगतिको बारेमा जानकारी लिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले जानकारी दिए । सिक्टा सिचाई आयोजनाको पश्चिम नहमा चलाईएको पानीको कारण सोक्षेत्रका किसानले लाभ उठाउन सुरु गरेको उनीहरुको ठम्मयाई थियो ।

 

Next Post

नेपालगञ्जमा आगलागी हुँदा करोड बढिको क्षति

१६ मंसिर २०७७, मंगलवार २२:५६
नेपालगञ्ज : नेपालगञ्जस्थित एक प्रतिष्ठानमा मंगलवार बेलुका आगलागी हुँदा करोडौंको क्षति भएको छ । धम्बोझीमा रहेको कमल इन्टरप्राइजेजमा आगलागी हुँदा करोडौंको क्षति भएको हो । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीले सञ्चालन गर्दै आएको कमल इन्टरप्राइजेजमा आगलागी हुँदा अनुमानित २ करोडको क्षति भएको धामीले जानकारी दिएका छन् । धामीका […]