नेपालगञ्ज उद्योग बाणिज्य संघले राष्ट्र बैंक अगाडी धर्ना दिने

सदरलाइन संवाददाता ८ पुष २०७९, शुक्रबार १४:४७
 

नेपालगञ्ज : नेपाल राष्ट्र बैंकको अव्यहारिक नीतिविरुद्ध नेपालगञ्ज उद्योग बाणिज्य संघले गर्दै आएको आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ ।

पहिलो चरणको आन्दोलन सम्पन्न गरिसकेको संघले दोस्रो चरणको आन्दोलन थालेको छ । व्यवसायीका तमाम समस्या तथा निजी क्षेत्र धराशायी हुँदा पनि राष्ट्र बैंक मुकदर्शक बनेको भन्दै संघले रोष प्रकट गरेको छ ।


संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले शुक्रवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पुष ११ गते सोमबार राष्ट्र बैंक नेपालगञ्ज कार्यालय अगाडी धर्ना दिने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत हातमा कालो पट्टीसहित वृहत प्रदर्शन, संघको प्रांगणबाट बजार परिक्रमा गर्दै राष्ट्र बैंक अगाडि धर्ना दिइने जनाइएको छ । विहान १० बजे संघको प्रांगणमा उपस्थित हुन संघले सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनआस्था बहुउद्देश्यीय सहकारी सस्थाको साधारण सभा सम्पन्न

८ पुष २०७९, शुक्रबार १४:४७
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको जनआस्था बहुउद्देश्यीय सहकारी सस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । सञ्चालक समिती सदस्य मञ्जु कोईरालाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको साधारण सभाको उदघाटन कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना अधिकारीले पानसमा दियो बाल्दै उदघाटन गरेकि थिईन् । […]