मापदण्ड पूरा नगरेको पाइएपछि कोहलपुरस्थित बधशाला बन्द

सदरलाइन संवाददाता १६ चैत्र २०७९, बिहीबार १३:२६
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा स्थानीय नसिव इद्रिसीले अनुमति नलिएरै राँगा भैसी काट्ने गरेको र अर्का एक जनाले अनुमति लिए पनि मापदण्दको पालना नगरेको पाइएपछि बधशाला तत्कालका लागि बन्द गरिएको थापाले बताए ।

कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख बीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्म खजुराका प्रमुख डा. शंकर न्यौपाने लगायतको टोलीले बधशालाको अनुगमन गरेको हो ।


स्थानीयबासीले पनि ती बधशालाबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए । रांगाभैंसी काट्ने ठाउँको उचित सरसफाई नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ ।

पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु बधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेर मात्रै पशु बधशाला संचालन गर्न दिने निर्णय भएको अनुगमन समितिका सदस्य डा. न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार राम नवमी पर्व, बाँकेसहित देशभर मनाईंदै

१६ चैत्र २०७९, बिहीबार १३:२६
नेपालगञ्ज : बिहीवार राम नवमी पर्व । रामको पूजा आराधना गरी बाँकेसहित देशभर मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व […]